गान्तोकः स्वतन्त्रता दिवसलाई केन्द्र गर्दै माध्यमिक स्तरको अन्तरविद्यालय नृत्य प्रतियोगितामा युनाइटेड एकाडमी दरामदिन प्रथम स्थान प्राप्त गर्न सफल बन्यो। यसरी नै दोस्रो हिमालय एकाडमी सोरेङ र ओख्रे स्कूल तेस्रो स्थान प्राप्त गऱ्यो।
हिजो च्याखुङमा सम्पन्न माध्यमिक स्तरको अन्तरविद्यालय नृत्य प्रतियोगितामा सोरेङ जिल्लाका कूल १४ वटा विद्यालयले सहभागिता जनाएका थिए। सहभागिता जनाउने स्कूलहरुमा चुम्बुङ, देथाङ, हात्तीढुङ्गा, हिमालय एकाडमी सोरेङ, झुसिङथाङ आसराम, मङ्सारी, ओख्रे, पक्कीगाउँ, टिम्बुरबुङ, सावालीगाउँ, जुम, युनाइटेड एकाडमी दरमदिन, पिपले र दोदक स्कूल सामेल रहेको थियो।










