बीएसएफले दुई बांग्लादेशी नागरिकलाई समायो

IMG-20230528-WA0320-5-300x172-4

जलपाइगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत बीएसएफको १५औं बटालियनको बर्डर आउट पोस्ट (बीओपी) दाइखाताका सतर्क सीमा जवानहरूले दुई बांग्लादेशी नागरिकलाई समाएका छन्। पक्रा परेका बांग्लादेशीहरूको नाम मोहम्मद अलामीन (३२) र मोहम्मद खाजा मुस्तकिन (३१) बताइएको छ। बीएसएफले बुधवार प्रेस विज्ञप्ती जारी गरी यसको जानकारी दिएको छ।

जानकारी अनुसार, दुवैलाई अवैध रूपमा भारतदेखि बांग्लादेशतिर सीमा नाघ्ने प्रय़ास गरिरहेको बेला समाइयो। दुवैसित सोधपुछमा यिनीहरू जीवन आर्जनको निम्ति धन कमाउन नेपाल गएका थिए भनी थाहा लागेको छ। पक्रा परेका दुवै बांग्लादेशीहरूलाई अघिको कारबाहीको निम्ति कोतवाली थाना पुलिसलाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement