खरसाङ: महानदी हाई स्कूलमा कन्याश्री प्रकल्प अनुसार विद्यार्थीहरूद्वारा विभिन्न विषयहरूमा प्रदर्शनी कार्यक्रम राखिएको छ। महानदी हाई स्कूलमा विद्यार्थीहरूले कन्याश्री प्रकल्प अनुसार स्वास्थ्य, वातावरण र पोषण विषयमा विशेष गरी प्रदर्शनी गरेका छन्। विद्यार्थीहरूले ८ र ९ अगस्त गरी दुई दिवसीय रूपमा प्रदर्शनी गरेका थिए। विद्यार्थीहरूले गरेका प्रदर्शनीलाई अभिभावकहरू, गाउँ समाजका गण्यमान्य व्यक्तिहरूले पनि निरीक्षण गरेका थिए।

यस अवसरमा महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्री, अभिभावकहरू, महानदी बजार ग्राम सुधार समितिको सभापति तारानाथ शर्मा, सचिव बिक्की जैसवाल, सिविटार देवकोटा संघबाट अशोक सुब्बा, तिरसठ लाइन क्लबको प्रतिनिधिहरू उपस्थित रहेका थिए। यस अवसरमा नानीहरूले प्रदर्शनीमा आफ्नो आफ्नो तर्फबाट सेयर गरेका थिए। कन्याश्री प्रकल्प अनुसार विद्यार्थीहरूले गरेको प्रदर्शनी विषयमा महानदी हाई स्कूलकी शिक्षिका अनुराधा तिवारीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा २०१३ देखि शुरू गरिएको कन्याश्री प्रकल्पले छोरी नानीहरूलाई पढाईमा धेरै सहयोग प्राप्त भएको छ।

उक्त कन्याश्री प्रकल्प अनुसार महानदी हाई स्कूलमा विद्यार्थीहरूद्वारा प्रदर्शनी राखिएको थियो। उक्त प्रदर्शनी ८ र ९ अगस्तमा दुई दिवसीय रूपमा राखिएको थियो भनी बताइन्। उनले यस प्रदर्शनीमा अभिभिवाकहरू, गाउँ समाजका प्रतिनिधिहरू सबैको उपस्थिति रहेको र यो प्रदर्शनी सफल पार्ने सबैप्रति आभार प्रकट गरेकी छन्।