एसएसबीद्वारा स्कूले विद्यार्थीहरुलाई भोटाङ सीमावर्ती क्षेत्रको भ्रमण

fbc8ddf8-b4d1-4c74-a527-e2e851d8763d

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको पहलमा बुधबार फालाकाटाका रेमन्ड मेमोरियल हायर सेकेण्डरी स्कूलका प्रायः ३५ विद्यार्थीहरुलाई जयगाउँ संलग्न भोटाङ सीमावर्ती क्षेत्रको प्रवेशद्वार, पासाखा क्षेत्र र जयगाउँका एसएसबी क्याम्पहरुको भ्रमण गराईएको जानकारी एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय सुत्रले दिएका छन्।
मूलतः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंह र द्वितीय कमान अधिकारी धीरज कुमारको दिशानिर्देशमा आजादीको अमृत महोत्सव उपलक्ष्यलाई साक्षी राख्दै यो परिभ्रमण विद्यार्थीहरुलाई गराएको र यस अवधि छोरी बचाऔँ, छोरी पढ़ाऔँ, सेना भर्नामा महिलाहरूलाई उत्साह प्रदान एवम् एसएसबीले कसरी सीमा सुरक्षा गर्छ सो बारे जानकारी गराईएको बताएका छन्।
यस अवसरमा एसएसबी जयगाउँ प्रभारी रोहित कुमार, एसएसबी खोक्ला बीओपीका प्रभारी हाकम सिंह, मोनिका, रेमन्ड मेमोरियल हायर सेकेण्डरी स्कूलका शिक्षक सुमन गाईन, शिक्षिका मेलबिना कान्डुल्ना एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement