हर्ली कपः हिमालश्री एथलेटिक क्लब क्वार्टर फाइनलमा

IMG-20230809-WA0332.jpg

९ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको १०६औं संस्करणमा कालेबुङको हिमालश्री एथलेटिक क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा बुधवार खेलिएको रोमाञ्चक म्याचमा हिमालश्री एथलेटिक क्लबले हर्सिंग फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल सौगत कार्कीले गरे। यस म्याचमा प्रणय साहा मुख्य रेफरी रहेका थिए।

यसरी सहायक रेफरीको भूमिकामा अशोक कुमार रोय र सुब्रतो धर रहेका थिए। यस साल टुर्नामेण्टमा १४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement