नयाँ दिल्ली: कांग्रेस नेता राहुल गान्धीले बुधबार लोकसभामा आफ्नो मणिपुर यात्रा अनि यात्रा अवधिका अनुभवहरूलाई उल्लेख गर्दै भने, ‘केन्द्र सरकारले मणिपुरमा हिन्दुस्तानको हत्या गरेको छl’ राहुल गान्धीले आज लोकसभामा अविश्वास प्रस्तावमाथि चर्चा अवधि भने, ‘यिनीहरूले मणिपुरमा हिन्दुस्तानको हत्या गरेका छन्। यिनीहरूको राजनीतिले हिन्दुस्तानको हत्या गरेको छl’
कांग्रेस नेताले केन्द्र सरकार तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै उनको तुलना रावणसित गरे। उनले भने, ‘हनुमानले लङ्का जलाएका थिएनन्। रावणको अहंकारले लङ्का जलाएको थियो। उनले दुईजना व्यक्तिको मात्र कुरा सुन्थे- कुभ्करण र मेघनाथको। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुईजनाको मात्रै कुरा सुन्छन्- अडानी र अमित शाहकोl’ कांग्रेस नेता राहुल गान्धीले आफ्नो ‘भारत जोड़ो’ यात्राको पनि उल्लेख गरे अनि भने, ‘यसको शुरूआतमा उनको मनमा अहंकार थियो। तर त्यो अहंकार बिस्तारै हराउँदै गयोl’ राहुल गान्धीले सरकारमाथि घृणाको राजनीति गरेको आरोप लगाए। उनले भने, ‘तपाईले केरोसिन बोकेर छर्किरहनु भएको छ। तपाई सारा देशलाई जलाउन लागिपर्नु भएको छ। तपाई सारा देशमा भारत माताको हत्या गर्नमा लागिपर्नु भएको छl’ –हिस