राहुल गान्धीमाथि संसदमा फ्लाइङ किस गरेको आरोप

00-1-Rahul-Gandhi-1

नयाँ दिल्ली: कांग्रेस सांसद राहुल गान्धीमाथि लोकसभाको भाषणबाट फर्कने क्रममा अभद्र इशारा गरेको आरोप लागेको छ। राहुलमाथि भाजपा सांसदहरुलाई फ्लाइ किस गरेको आरोप लागेको छ। यस विषयमा राहुलविरुद्ध लोकसभाका सभामुखमा उजुरी परेको छ। केन्द्रीय मन्त्री स्मृति इरानीले राहुल गान्धीमाथि आरोप लगाएकी छन्। राहुलले भाषण सकिरहेको बेला उनले महिला सांसदलाई फ्लाइ किस गरेको आरोप लगाएकी छन्। केन्द्रीय मन्त्रीको यो भनाइपछि यो विषयले गति लिएको छ।

वास्तवमा राहुल गान्धीले अविश्वास प्रस्तावमा बोल्दै मोदी सरकारलाई निशाना बनाएका थिए। त्यसपछि राहुल संसदबाट फर्किए। राहुल फर्किंदै गर्दा केही भयो जसमा महिला सांसदहरूले आपत्ति जनाए। तर, राहुलको इशाराको भिडियो क्यामेराले रेकर्ड गरेको छैन। केन्द्रीय मन्त्री स्मृति इरानीले संसदमा महिला सांसद पनि बसेको संसदमा फ्लाइङ किस गरेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘यस्तो व्यवहार सदनमा कहिल्यै देखिएको थिएन। आज देशले त्यो परिवारको चरित्र थाहा पाएको छl’ घटनाको गम्भीरता देखेर महिला सांसदहरूले राहुलविरुद्ध लोकसभा अध्यक्षमा उजुरी दिएका छन्। कृषिमन्त्री शोभा करन्दलाजेले गुनासो पत्र महिला सांसदले हस्ताक्षर गरेर लोकसभा अध्यक्षलाई बुझाएको बताइन्। उनले यस कार्यलाई कडा कारबाही गर्न माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement