गोरायुमोद्वारा विश्व जनजाति दिवस रुपमा पालन

IMG-20230809-WA0307.jpg

अब जे हुन्छ राम्रै र हाम्रै हुन्छ: निरज जिम्बा

सोनादा: गोर्खा राष्ट्रिय युवा मोर्चा रंगबुल धोतरिया अनि गोरायुमो सोनादा टाउन कमिटीको आयोजनामा आज विश्व जनजाति दिवस रुपमा पालन गरिएको छ। गोर्खा जनजातिको संरक्षण हेतु पालन गरिने विश्व जनजाति दिवस आज सोनादा पेट्रोल पम्पदेखि सोनादा सरस्वती डाँडासम्म गोर्खा जनजातिको परम्परागत जातीय भेषभुषा लोक नृत्य, झाँकी र्‍यालीको साथमा आयोजना गरेका थिए। र्‍यालीपछि सोनादा न्यु लाइट क्लब हलमा विभिन्न लोक नृत्य, जातीय भाषाको गीत पनि गाएर कार्यक्रमको आयोजना गरिएको थियो। दार्जीलिङ बिधान सभा क्षेत्रका विधायक निरज जिम्बाको प्रमुख उपस्थितिमा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकबाट गोरामुमो नेतृत्ववर्ग अनि कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो। आजको कार्यक्रमको प्रमुख वक्ताको रूपमा बोल्दै विधायक निरज जिम्बाले अन्तर्राष्ट्रिय जनजाति दिवस मनाउनुको उद्देश्य बारे जानकारी गराएका छन्। उनले भने, हामी भारत देश गठन हुनु पुर्व नै भूमिसंगै यहाँ छौं हामी आदिम गोर्खा जनजाति हौं तर यहाँ बुझ्दैन यसैकारण पाँच डेसिमलको कुरा गर्छ पर्जा-पट्टाको कुरा गर्छ यहाँको जनजातिलाई शरणार्थी बनाउनु खोज्दैछ। जनजातिलाई कसरी पर्जा पट्टाको कुरा गर्दैछ भनी प्रश्न समेत गरे। अहिले नै सबै कुरा भन्नु मिल्दैन। दिल्लीमा खिँचडी होइन तर खिर पाक्दैछ। सुर्ताउनु हुँदैन अडिग भएर बस्नुपर्छ। अब दिल्लीले न्याय दिन्छ। दिल्लीले पनि सही नेतृत्वलाई हेरेको छ।”

निरज जिम्बाले आफ्नो सम्बोधनमा अझ भने, जातिलाई बिगार्ने, माटोलाई बिगार्ने सावधान हुनुपर्छ। मैले पनि हनुमानक रूप देखाउनुपर्छ। म पुच्छर नभएको हनुमान हो। यहाँको मान्छेले चिन्यो भने ठीकै छ तर चिनेन भने त के गर्नु र।’

जिम्बाले अब जे हुन्छ हाम्रै हुन्छ। अरू छैन। दिनेकोमा पनि छैन। तर केवल त्यही छ। हनुमानको सञ्जीवनी बुट्टी तयार छ। अब त्यही हुन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *