भारत छोड़ो आन्दोलनको वर्षगाठमा ममताले शुभकामना दिइन्

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः आजादीको महिना चलिरहेछ। यसबीच बुधवार ०९ अगस्तमा महात्मा गान्धीको तर्फबाट अंग्रेजहरू विरूद्ध शुरू गरिएको भारत छोड़ो आन्दोलनको वर्षगाठ पनि हो। यस अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुभकामना दिएकी छन्।

बुधवार बिहान उनले ट्वीटरमा लेखिन्- आज भारत छोड़ो आन्दोलनको वर्षगाठमा म ती सबैलाई श्रद्धाञ्जली अर्पित गर्दछु जसले यस महान देशको आजादीको निम्ति आफ्नो सर्वस्व न्यौछावर गरे। हामीले भविष्यमा एक स्वस्थ, सुन्दर, आशाजनक, एकजुट, सहिष्णु, सुदृढ़ भारत सुनिश्चित गर्नका लागि सद्भाव र मानवताको उनका महान आदर्शहरूलाई सदैव कायम राख्नुपर्छ। आइडिया अफ इण्डिया समाप्त हुनु हुँदैन। जय हिन्द, जय भारत।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement