नियुक्ति भ्रष्टाचार- सोधपुछको निम्ति सीबीआई अफिस पुगे बांकुड़ाका सात शिक्षक

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा जाँच गरिरहेको केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले बोलाउँदा बांकुड़ा जिल्लाको सात शिक्षक बुधवार निजाम पेलेस स्थित केन्द्रिय एजेन्सीको अफिसमा सोधपुछको हिस्सा बन्न पुगेका छन्। केन्द्रिय एजेन्सी अनुसार, उनीहरूले आफूसित शिक्षक नियुक्ति परीक्षाको एडमिट कार्ड र रिजल्ट लिएर आएका छन्। यी शिक्षकहरूको नाम स्वाधीन कुमारपाल, जयन्ती बेज, प्रियंका लाहा, गणपति महतो, प्रियंका नन्दी, हरेन्द्र धारा र पारोमिता सिंह महापात्रा बताइएको छ।

सीबीआईको नोटिस अनुसार, सबै शिक्षक हायर सेकेन्डरीको आफ्नो एडमिट कार्ड, मार्कशीट, जाति प्रमाण पत्र सहित शिक्षक नियुक्तिसित सम्बन्धित सबै दस्तावेज ल्याएका छन्। सीबीआईले यिनीहरूबारे प्राथमिकी शिक्षा परिषदबाट पनि दस्तावेज मागेको छ। केन्द्रिय एजेन्सीका अधिकारीले दुवैको तर्फबाट प्रस्तुत गरिएका दस्तावेजहरूलाई मिलाएर जाँच गर्न चाहन्छन्।

वस्तुतः नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका आरोपितहरूको डायरीबाट यी सबै शिक्षकहरूको नाम हासिल भएको छ। यस बाहेक परीक्षामा उनीहरूको नम्बर आवश्यकताभन्दा कम रहेको छ तरैपनि उनीहरूले नौकरी पाएका छन्। यसैले एन्जेसी उनीहरूसित सोधपुछ गरी उनीहरूले नौकरी कसरी पाए, कसको सम्पर्कमा थिए, कसले उनीहरूको मद्दत गऱ्यो, यो सब जान्न चाहन्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement