हावड़ा स्टेशनमा यात्रीहरूलाई लुट्ने गुटको तीन सदस्य पक्राउ

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः दक्षिण २४ परगना जिल्लाको सोनारपुर थाना पुलिसले हावड़ा स्टेशनमा यात्रीहरूलाई लुट्ने गुटका तीन सदस्यलाई पक्राउ गरेको छ। यिनीहरूको पहिचान राज आइच, शेख कासिम र आकाश हालदारको रूपमा गरिएको छ। यिनीहरूदेखि पाँच वटा महंगो मोबाइल र अन्य समान उद्धार गरिएको छ। मंगलवार अबेर राति छापामारी गरी यी तीनैलाई सोनारपुर थाना क्षेत्रबाट समाइयो।

यिनीहरूदेखि धेरै यात्रीहरूबाट लुटिएको पर्स उद्धार गरिएको छ। यिनीहरूसित सोधपुछमा हावड़ा स्टेशनमा लुट्ने गुटका धेरै सदस्यहरू छन्, जो उत्तर र दक्षिण २४ परगना, कोलकाता, हावड़ा र वरिपरिका क्षेत्रहरूमा बस्छन्। त्यहाँबाट यी सबैले मिलेर मानिसहरूको पर्स चोर्छन् र अवसर देखेर समान पनि खोस्छन्। आश्चर्यजनक रूपमा यिनीहरूले खुलासा गरे कि यात्रीहरूबाट जेपनि लुटिन्थ्यो त्यसमध्ये यिनीहरूले आफूसित केही पनि राख्थेनन्, यिनीहरूले यी सबै समान गुटियारी शरीफम जमा गर्ने गर्थे।

त्यहाँ गुटको मुखिया छ, जसले यिनीहरूलाई नियमित रूपमा भुकतान गर्नेगर्थ्यो। पुलिसले यिनीहरूसित सोधपुछ गरी यिनीहरूका अन्य साथीहरूको खोजमा जुटेको छ। गुटियारी शरीफका ती मुख्य लुटेराहरूलाई पनि समाउन प्रयास जारी छ, जसले यस पूरा गुटलाई चलाउँछन्।

-हिस

About Author

Advertisement