कोलकाताः पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य आज अर्थात बुधवार अस्पतालबाट घर फर्कने छन्। दिउॅंसो उनले अलीपुरको वुडल्याण्ड अस्पतालबाट छुट्टी पाउने छन्। उनको चिकित्सामा सामेल आठ चिकित्सकको बोर्डले बैठक गरेर उनलाई घर जान अनुमति दिने निर्णय लिएको हो।
घरलाई भट्टाचार्यलाई जहॉं राखिने छ त्यस ठाउॅंलाई पूर्णरूपमा सेनिटाइज गरिएको छ। त्यहॉं परिवारका सदस्यहरू बाहेक अन्य व्यक्तिहरूलाई जाने अनुमति छैन। अस्पताल सूत्रहरू अनुसार, अहिले उनको श्वसन नलीमा संक्रमण कम भएको छ र सामान्य तरिकाले तरल अनि अर्ध तरल भोजन लिइरहेका छन्। तर, अहिले उनलाई पाइपको माध्यमद्वारा नै भोजन दिइने छ।
उनलाई कम्तिमा दश दिनसम्म चिकित्सकहरूको निगरानीमा राखिने छ। आज अस्पतालबाट छुट्टी भएपछि उनलाई बालीगंजको पाम एभेन्यस्थित उनको घर लगिने छ। गत २९ जुलाईमा सास लिन समस्या भएपछि उनलाई अस्पतालमा भर्ती गरिएको थियो।
-हिस