कोलकाताः कोलकाताको लाइफ लाइन मानिने मेट्रो रेलको एउटा स्टेशन परिसरमा बुधवार बिहानै आगो लाग्यो र धुवॉं फैलिएपछि यात्रीहरू आतङ्कित बने। मध्य कोलकाताको रवीन्द्र सदन मेट्रो स्टेशनको दोस्रो तलास्थित रिजर्भेशन अफिसमा धुॅंवा र आगो निक्लिन थालेको थियो। यस कारण मेट्रो चढ्न आएका यात्रीहरू र कार्यालयका कर्मचारीहरू आतङ्कित बने। तत्काल अग्निशमन विभागको एउटा गाडी घटनास्थलमा पुग्यो र आगो निभाउन थाल्यो।
मेट्रो रेल प्रबन्धनद्वारा बुधवार जारी बयान अनुसार, मेट्रो अफिसमाथि कूलिङ टावरबाट आगो निक्लिरहेको थियो। यस कारण मानिसहरू निकै डराएका थिए। आगोलाई नियन्त्रित गरिएको छ। आगो लाग्नुको कारण पत्तो लगाउने प्रयास शुरू गरिएको छ। प्रारम्भिक रूपमा शर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने आशंका व्यक्त गरिॅंदैछ।
-हिस









