खरसाङको वार्ड नम्बर सात सावित्री देवी रोडमा रहेको पुल पैह्रोको चपेटमा

IMG-20230809-WA0281.jpg

शेर्पा बस्तीका मानिसहरूलाई धेरै असुविधा

खरसाङ: खरसाङको वार्ड नम्बर ७ मा रहेको सावित्री देवी रोडमा रहेको पुल पैह्रोको चपेटमा परेर भत्केपछि रोड नै बन्द भएको छ। उक्त पुल भत्केपछि शेर्पा बस्ती र खरसाङ बजारमाझको सम्पर्क विच्छिन्न हुने स्थितिमा छ। खरसाङ देवराली २८ नम्बर समष्टी अन्तर्गत पर्ने वार्ड नम्बर ७ को सावित्रीदेवी रोडमा रहेको पुल नै भत्केपछि शेर्पा बस्ती क्षेत्रका लगभग २०० जति घरहरूलाई खरसाङ आउनलाई कठिनाई हुने बताइएको छ। शेर्पा बस्ती जाने रोडमा रहेको पुल नै अल्झिएको अवस्थामा रहेपछि यस क्षेत्रका मामिसहरू यही पुलबाट हिँड्न बाध्य बनेका छन्। यो पुल रातीको पानीले भत्किएको छ भने बिहानदेखि दिउँसोसम्म अझ लगातार रूपमा भत्किन्दै गईरहेको छ। उक्त पुल भत्किएपछि २८ नम्बर खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पाले निरीक्षण गरेर शेर्पा बस्ती क्षेत्रका मानिसहरूलाई यस पुलबाट हिँडडुल गर्दा सचेत रहने बताएका छन् भने उनीसितै यस भत्केको पुलको निरीक्षण गर्नलाई खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ ईञ्जिनियरिङ विभागका अधिकारीहरू र खरसाङ नगरपालिकाको अधिकारीहरूले निरीक्षण भ्रमण गरेका छन्।

यस भत्केको पुल निरीक्षणपछि क्षेत्रीय सभासद श्याम शेर्पाले रातीको समय यो पुल भत्केको र बिहान थाहा पाएर यहाँ आएर निरीक्षण गरेको अनि बिहानदेखि यो पुल भत्किने क्रम जारी रहेको बताएका छन्। उनले यो भत्केको पुलबाट मानिसहरूलाई हिँडडुल नगर्ने सुझाव दिएका छन् कारण यो कुनै पनि समय भत्केर जान सक्ने बताएका छन्। सभासद श्याम शेर्पाले यस पुल भत्केपछि खरसाङको वार्ड नम्बर ७ अन्तर्गत शेर्पा बस्तीको लगभग २०० घरहरुलाई असुविधा हुने कारण यस रोडको अर्को विकल्प नभएको साथै यस भत्केको पुलबाट मानिसहरूलाई हालको लागि ओहोर दोहोर गर्नलाई बाँसको साहारामा पुल बनाएर हिँडडुल गर्न सक्ने बनाइने बताएका छन्। उनले यस पुल भत्केको र मरमत्तिको लागि जीटीए चिफ् अनित थापालाई जानकारी गराईसकेको साथै खरसाङ ईञ्जिनियरिङ विभागबाट काम गराउन पहल गरिने बताएका छन्। त्यसरी खरसाङ नगरपालिकाक एसई सञ्जय थापाले यस पुलको खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र टिमले पनि निरीक्षण गरेको बताउँदै यसको मरमत्तिको लागि पहल गरिने अनि हालको लागि सभासद श्याम शेर्पाको पहलमा बाँस लगाएर मानिसहरू हिँड्न सक्ने बनाइने बताएका छन्।

अहिले पनि यो पुलबाट नै शेर्पा बस्ती क्षेत्रका मानिसहरू, विद्यार्थीहरू, सौदापात गर्नेहरू, बजार झर्नेहरू, कार्यालय जाने हिँडिरहेका छन्। तर रातो झण्डा र ढुङ्गाहरू लगाएर भत्केको ठाउँतिर छेक्ने कार्य गरिएको छ। यस भत्केको पुल मरमत्ति अघि अस्थायी रूपमा बाँस लगाएर हिँडडुल गर्नलाई पुल बनाइने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement