उत्तर दिनाजपुर : कालियागञ्जको मुस्तफानगर ग्राम पञ्चायतमा पञ्चायत बोर्ड गठनलाई लिएर निकै तनाव भएको छ। भारी बम विष्फोटको आरोप पनि बाहिर आएको छ। उल्लेखनीय छ कि यस पञ्चायतमा स्वतन्त्र, भाजपा, सीपीएम र कांग्रेसले १७ सीट जितेका छन्। आज विपक्षी दलका विजयी उम्मेदवार बोर्ड गठन गर्न पुगेपछि भित्र पस्न रोकेर लाठी, लात र मुक्का प्रहार गरेको आरोप छ। घटनापछि दुई पक्षबीच ठूलो झडप भएको थियो। तृणमूल कांग्रेसले विपक्षी दलहरूमाथि हमला र बम प्रहार गरेको आरोप छ। पञ्चायत कार्यालयमा समेत तोडफोड भएको छ। सबैले एक अर्कालाई बम विष्फोटको आरोप लगाइरहेका छन्।
गम्भिर तनावको सूचना पाएलगत्तै कालियागञ्ज पुलिस घटनास्थल पुगेको थियो। दुबै तर्फका कार्यकर्ता लाठी, तीर र धनुले हतियार लिएर सो क्षेत्रमा छन्। क्षेत्रमा चरम तनाव छ। घटनास्थलमा ठूलो संख्यामा पुलिस परिचालन गरिएको छ।