अलिपुरद्वार: फालाकाटा ब्लकको तसती चिया बगानमा बुधबार विश्व आदिवासी दिवस मनाइयो। तसती आदिवासी विकास समितिको पहलमा बुधबार विश्व आदिवासी दिवस मनाइएको छ। आजको दिन तसती चिया बगानको फुटबल मैदान क्षेत्रमा आदिवासी सहिद वीर बिरसा मुण्डा, सिद्धो कान्हो, कार्तिक उराँउ लगायतका सहिदहरूको फोटोमा माल्यार्पण गरी कार्यक्रमको सुरुवात गरिएको थियो। विश्व आदिवासी दिवसको अवसरमा तसती चिया बगानका विभिन्न क्षेत्रमा बिरुवा रोपिएको छ। यस दिन करिब एक सय बिरुवा रोपिएको जनजाति विकास समिति स्रोतले जनाएको छ।