पेट्रोल पम्प अगाडि ट्रक र डम्पर दुर्घटनाग्रस्त

IMG-20230809-WA0258.jpg

अलिपुरद्वार: मदारीहाट पेट्रोल पम्पको अगाडि ट्रक र डम्परबीच ठोक्किँदा एकजना घाइते भएका छन्। बुधबार बिहान मदारीहाट एसियाली राजमार्गमा रहेको पेट्रोल पम्प अगाडि वीरपारा जाँदै गरेको डम्परसँग असम जाँदै गरेको ट्रक ठोक्किएको घटनामा ट्रकका चालक गम्भीर घाइते भएका छन्। स्थानीय बासिन्दा र पुलिसको पहलमा घाइतेलाई अस्पताल लगिएको थियो। अर्कोतर्फ, असम जाँदै गरेको मालवाहक ट्रक मदारीहाट एसियाली राजमार्गमा रहेको बापी पसल नजिकैको क्षेत्रमा अनियन्त्रित भई पल्टिएको छ। ट्रक चालकसहित चालक दलका सदस्य सामान्य घाइते भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement