तेस्रो टी२० म्याचमा भारत ७ विकेटले विजयी

IMG-20230808-WA0388.jpg

८ अगस्तः सीरीजमा कायम रहनको निम्ति जित्नै पर्ने तेस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा भारतले आयोजक वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गऱ्यो। मंगलवार निराशाजनक हारको सम्मुखीन हुने वेष्ट इण्डिज अहिले पनि पाँचवटा टी२० म्याचको सीरीजमा २-१-ले अघि रहेको छ। गुयानाको प्रोभिडेन्स स्टेडियममा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनायो। ओपनर ब्रेण्डन किंगले ५ वटा चौका र एउटा छक्काको साथ ४२ बलमा सर्वाधिक ४२ रन बनाए। यसबाहेक कप्तान रोवम्यान पावेलले १९ बलमा ३ वटा छक्का र एउटा चौकाको साथ अविजित ४० रन बनाए। यी दुई बाहेक काइल मेयर्सले २५ र निकोलस पूरनले २० रनको योगदान दिए। भारतीय बलरहरूमा कुलदीप यादवले सर्वाधिक ३ विकेट लिए। जवाफमा भारतले खराब शुरुवातपछि सूर्यकुमार यादवको विध्वंशी ब्याटिंगको सहायताले १३ बल बाँकी रहँदै ३ विकेटमा १६४ रन बनाएर म्याच जित्यो। यशस्वी जसवाल (१) र शुभमन गिल (६)-को ओपनिंग जोड़ीलाई ३४ रनमै गुमाएपछि भारतलाई सूर्याले बचाए। सूर्यकुमारले तिलक वर्मासँग तेस्रो विकेटको निम्ति ८७ रनको पार्टनरशीप गरी भारतलाई जीतको नजिक पुऱ्याए। सूर्याले १० वटा चौका र ४ वटा छक्काको साथ ८३ रन बनाए। सूर्या आउट भएपछि तिलक र कप्तान हार्दिक पाण्ड्याले मिलेर टीमलाई जीत दिलाए। तिलकले ४ वटा चौका र एउटा छक्काको साथ ३७ बलमा अविजित ४९ रन बनाए। हार्दिक २० रनमा अविजित रहे। वेष्ट इण्डिजका बलरहरूमा अल्जारी जोसेफले २ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement