सामाजिक संस्था युवक संघको ५९औं  स्थापना दिवस पालन

00-1-A-IMG-20230808-WA0345

सुकेपोखरी: ८ अगस्त १९६४ मा स्थापित सुके पोखरीको जेष्ठ, अग्रज अराजनैतिक सामाजिक संस्था युवक संघले आफ्नो ५९औं  स्थापना दिवस आज एक कार्यक्रमबीच पालन गरे। कार्यक्रमको प्रथम चरणमा युवक संघ भवनमा संघ झण्डा उत्वलन गरेर शुरुवात गरियो। संघको सभापति टाशी नामग्याल भोटियाको सभापतित्व सम्पन्न कार्यक्रममा संघको दिवंगत संस्थापक सदस्यहरूको चिर आत्मा शान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै मोन धारण गरियो। संघको संस्थापन सदस्य बीबी छेत्रीले संघको स्थापना दिवस बारे प्रकाश पारेर संघको इतिहास बारे अवगत गराए। संघको सचिव फुर्वा छिरिङ शेर्पाले सभा सचालन गर्दै संस्थाले गरिरहेको कार्य अनि भावी कार्यक्रम बारे प्रकाश पारे।सचिव शेर्पा अनि सभापति भोटियाले सस्थाको कार्य बारे जानकारी गराउदै स्थापना दिवसको अवसरमा सबै सदस्यलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। युवक संघको सामाजिक कार्य अनि योगदानहरू सधैं युवानै बनिरहोस साथै सुके पोखरी अनि संलग्नमा यसको कद भने अग्रज नै रहिरहोस् भन्ने सोच अनि धारणा राखेर संघले कार्य गर्ने सचिव शेर्पाले सभामा सम्बोधन मार्फत अवगत गराए। 

कार्यक्रमको दोस्रो चरणमा युवक संघ प्राथमिक पाठशालाका विध्यार्थीलाई स्थापना दिवसको अवसरमा उत्कृष्ट अंक प्राप्त गर्ने बिध्यार्थी, अनुशासित विध्यार्थी अनि पाठशाला मन्त्रीमण्डल स्कुल क्याबिनेटमा चयन बिध्यार्थीलाई ब्याच प्रदान गरियो। संघको सभापति टाशी नामग्याल भोटियाको सभापतित्व तथा सुकेपोखरी उच्चतर माध्यमिक विद्यालयका पुर्व प्रधान अध्यापिका एल डब्लु भोटिया, खण्ड बिकास अधिकारी सामीरूल इस्लाम, सुके मानेभञ्ज्याङ समष्टि कार्यकरनी सभासद उदय देवानको बिशेष उपस्थितिमा कार्यक्रम आयोजना गरियो। सचिव फुर्बा छिरिङ शेर्पाले संचालन गरेको कार्यक्रममा हाले निधन हुनुभएका पाठशालाका पुर्व शिक्षिका स्वर्गीय सावित्री छेत्री अनि स्वर्गीय बिजय कुमारी प्रधानको चिर आत्मा शान्तिको प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गरेर शोकाकुल परिवार प्रति सम्वेदना प्रकट गरियो। कार्यक्रममा आफ्नो सम्बोधन मार्फत शिक्षिका एल डब्लु भोटियाले युवक संघको सामाजिक कार्य स्थापना कालमा सामाजिक क्षेत्रमा पुराएका कार्य अनि योगदान बारे प्रकाश पारे, खण्ड बिकास अधिकारी सामीरूल इस्लामले संघको सामाजिक कार्यको प्रशंसा गर्दै जनसाधारणको हितमा अझ घेरै कार्य ग्ने अनुरोध गरे साथै आफ्नो पक्षबाट सहयोग पुराउने वचन दिए। युवक संघ प्राथमिक पाठशालाका प्रधान शिक्षिका पासाङ लमु शेर्पाले कार्यक्रममा आफ्नो सम्बोधन मार्फत पाठशालाको पक्षबाट युवक संघलाई आभार प्रकट गरे। हरेक बर्ष पाठशालाको बिध्यार्थीको निम्ति संघले पुराएको सहयोग सह्रानिय रहेको बताए। संघको सभापति टाशी नामग्याल भोटियाले सभापतित्व सम्भाषण मार्फत सबैलाई शुभकामना व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement