नाम्चीमा पुलिसले निर्दोश मानिसहरूमाथि बल प्रयोग गरेको एसडीएफको आरोप

IMG-20230808-WA0393.jpg

नाम्ची: हिजो दक्षिण सिक्किमको नाम्चीमा एउटा ऱ्यालीमा सहभागी प्रदर्शनकारीहरूमाथि गरिएको लट्ठीचार्जको घट्नालाई लिएर विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्टले आपत्ती जनाएको छ। स्व. पदम गुरुङको शङ्कास्पद मुत्यूको घट्नाको निष्पक्ष र शीघ्र जाँचको माग गर्दै आयोजना गरिएको शान्तिपूर्ण ऱ्यालीमा आँशु ग्यासको प्रयोग र लट्ठीचार्ज गरेर पुलिस प्रशासनले अत्याचार गरेको पार्टीको आरोप रहेको छ।

एसडीएफ पार्टीले आज एउटा प्रेस विज्ञप्ती जारी गरेर हिजोको घट्नाको घोर विरोध र भत्सर्ना जनाएको छ। पुलिसले निर्दोश सर्वसाधरणमाथि आँशु ग्यासको प्रयोग र लट्ठीचार्ज गरेको जसको कारण धेरैजना ज्यष्ठ नागरिक साथै सा-साना बालबालिकाहरू प्रभावित भएको पार्टीको भनाइ रहेको छ। सर्वसाधऱणमाथि यसरी निर्ममतापूर्वक लट्ठीचार्ज र आँशुग्यास प्रयोग गर्ने पुलिस प्रशासनको कार्यवाहीलाई एसडीएफ पार्टी कड़ा शब्दामा विरोध र भत्सर्ना जनाउँदछ, विज्ञप्तीमा भनिएको छ।

यसको साथै एसडीएफ पार्टीले नाम्ची महाविद्यालयका छात्र नेता स्व. पदम गुरूङको रहस्यमय निधनको निष्पक्ष जाँचको माग पनि गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement