गोलीटार। स्व. महेश्वर मिश्र अन्तर विद्यालय फुटबल टुर्नामेन्टको आजको क्वार्टर फाइनल म्याच इष्ट पोइन्ट स्कूल अनि सुमिन लिङ्चे बीच सम्पन्न भयो। यस अवसरमा मन्त्री एल. बी. दासका धर्मपत्नी संगिता दास मुख्य अतिथिको रुपमा उपस्थित थिइन् भने विशिष्ट अतिथिको रुपमा सिङ्ताम बेडमिन्टन क्लबका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो। यस म्याचमा ३ गोल लगाएर इष्ट पोइन्ट स्कूल विजयी बनेको छ भने मेन अफ दी म्याच इष्ट पोइन्ट स्कूलका खेलाड़ी जर्सी ४ ब्रेसली लेप्चालाई चयनित गरि मुख्य अतिथि संगिता दासको बाहुलीबाट पुरस्कार प्रदान गरियो।
यसरी नै आज स्व. फूलमाया प्रधान स्मारक फुटबल टुर्नामेन्टको क्वार्टर फाइनल म्याच जेभीसी सिङ्ताम र मासा एफसी बीच सम्पन्न भयो। यस अवसरमा एरिस्टो फार्मा कम्पनी बाघेखोलाका प्लान्ट हेड हरीश कुमार मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा सोही कम्पनीका एचआर शैलेस राईको विशेष उपस्थिति रहेको थियो।
अति नै रोचक रहेको यस म्याचमा २ को विरुद्ध ३ गोल लगाएर मासा एफसी विजयी बनेको छ भने विजयी दलका खेलाड़ी जर्सी ५ प्रीतम स्याङ्बोलाई मेन अफ दी म्याच घोषित गरि मुख्य अतिथि हरीश कुमारको बाहुलीबाट पुरस्कार प्रदान गरियो।
आज सम्पन्न दुवै क्वार्टर फाइनल म्याचका मुख्य अतिथि श्रीमती संगिता दास, हरीश कुमार अनि विशिष्ट अतिथि डा. शैलेस राई तथा सिङ्ताम बेडमिन्टन क्लबलाई आयोजक समितिद्वारा स्मृति चिन्ह प्रदान गरि सम्मानित गरियो।