शहीदहरूलाई श्रद्वाञ्जली स्वरूप दानापले तिरंगाले सजाए टाउन हल

IMG-20220705-WA0126.jpg

दार्जीलिङ: दार्जीलिङ नगरपालिकाले टाउन हल एंव पालिका कार्यालयलाई तिरंगाले सजाएर शहीदहरूलाई श्रद्वाञ्जली चढाए।गत केही दिन अधि मणिपुर राज्यको नोनी जिल्लामा मुसलधारे पानीको कारणले गर्दा भयानक पैह्रोले सैनिक छाउनलाई बगाएर लैजान्दा धेरै गोर्खा सैनिकहरू शहीद भएका थिए।ती शहीदहरू प्राय: जस्तो दार्जीलिङ पार्वतीय क्षेत्रका रहेको हुनाले अहिले दार्जीलिङ पहाडमा शोकमा डुबेका छन् अनि संध संस्थाहरूदेखि लिएर राजनैतिक दलहरूले आ आफ्नो प्रकारले शहीदहरूलाई श्रद्वाञ्जली चढाउने कार्यहरू गर्दै आईरहेका छन।यसैक्रममा दार्जीलिङ नगरपालिकाले शहीदहरूको स्मरण स्वरूप दार्जीलिङ टाउन हल एंव पालिका कार्यालयमा तिरंगाले सजाएर शहीदहरूलाई श्रद्वाञ्जली चढाएका छन।यसै सन्दर्भमा दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेलले शहीदहरूलाई श्रद्वाञ्जली चढाउन हामीले यो कार्य गरेको हो तिनले भने।मणिपुर राज्यको नोनी जिल्लामा आएको मुसलधारे पानीले भयानक पैह्रो गएको छ अनि उक्त पैह्रोले सैनिक छाउन बगाएर लान्दा धेरै गोर्खा सैनिकहरू शहीद भएका छन।ती शहीदहरूलाई दार्जीलिङ नगरपालिकाले श्रद्वाञ्जली चढाउन यो कदम उठाएको हो भन्ने चेयरम्यान पोर्तेलले दोहोराए।तिनले अधि भने मणिपुर राज्यको पैह्रोको चपेटमा परेर शहीद बनेका ती शहीदहरूलाई श्रद्वाञ्जली साथै शहीदका परिवारहरूको मनोबल बडाउन दार्जीलिङ नगरपालिका ले यो कदम उठाएको हो भन्ने तिनले बताए।पहाडको कतिपय गाउँहरूका परिवारहरूले मेरो छोरो एंव बाबा धर फर्किएर आउछ भन्ने सोच राखेर बसेका छन भन्ने चेयरम्यान पोर्तेलले बताए।ती सवैको मनोबल बडाउन पालिकाले टाउन साथै पालिका कार्यलयलाई तिरंगाले सजाएको हो भन्ने चेयरम्यान पोर्तेलले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement