गेजिङ: हिजो अपरान्ह्र चार बजी देन्ताम पुलिस चौकीनजिक वेगनर वाहनले धक्का दिँदा एक महिलाको मृत्यु भएको छ। उक्त वाहनले धक्का दिएपछि घाइते बनेकी महिलालाई अस्पताल लैजाने क्रममा बीच बाटोमा नै उनको मृत्यु भएको हो। मृतक महिला लिचिङ निवासी गोमा देवी छेत्रीकोरूपमा पुलिसले चिन्हित गरेको छ। उक्त वाहनका चालक अप्पर मुकरूङ निवासी बिबेक राई हुन् भने हाल उनी देन्ताम खण्ड विकास कार्यालयमा कनिष्क अभियन्ताकोरूपमा कार्यरत छन्।
कार्यलयबाट छुट्टी भएर देन्ताम गइरहेको समयमा महिलालाई वाहनले धक्का दिएको जानकारी प्राप्त भएको छ। घाइते महिलालाई देन्ताम अस्पतालबाट एसटीएनएम अस्पतालमा रेफर गरिएको थियो।