मङपू: आज आदर्श श्रमिक कल्याण केन्द्र रवीन्द्र भवन मङपूमा विश्वकवि रवीन्द्रनाथ ठाकुरको ८२वा पुण्यतिथि भब्यताको साथ पालन गरियो। श्रम कल्याण परिषद सिलगढी एवं सूचना एवं सांस्कृतिक कार्यलय दार्जीलिङको आयोजनामा सप्पन्न भएको पुण्यतिथि समारोहका प्रमुख अतिथि वेलफ्यर कमिशनर सुमिता मुखर्जी,विशिष्ट अतिथि सभासद रतन थापा, डीआईसी अधिकारी खान डोमा भुटिया, डेपुटी कमिशनर एस. विश्वास, मङपू आदर्श श्रमिक कल्याण केन्द्र अधिकारी सदुमा छेत्रीको बाहुलीबाट गुरुदेवको तस्वीरमा दीप प्रज्वलन अनि पुष्पर्पण गरियो। भजन गायक पदम बराईलीले स्वागत गीतबाट शुरु गरेको समारोहमा सेन्ट एन्थोनी स्कुलका नानीहरु नृत्य प्रस्तुत गरे। यसरी रबि छायां समुहले रवीन्द्र संगीत प्रस्तुत गरे।
गुरुदेवको वार्षिक पुण्यतिथिमा स्थानीय विधालयका नानीहरु माझ कविता प्रतियोगिता भएको थियो जसमा निमाडोल्मा तामाङ शारदा उच्चत्तर माध्यमिक विधालय प्रथम स्थान, अदिति थापा सन्तमंगल एकाडमी दोस्रो स्थान अनि दावा दोर्जे शेर्पा अगमसिंह गिरी निम्न उच्च माध्यमिक विधालयल्र तेस्रो स्थान ओगट्न सफल भए। कविता प्रतियोगितामा निर्णायकको भार उदय थुलुङ;शरद रावत; के.बी गिरी अनि चन्द्रकला गुरुङ लिएका थिए।
समारोहमा कविहरु दीप थापा अनि सानू भट्टराईले सुन्दर कविता वाचन गरे। पिन्की गजमेरले संचालन गरेको समारोहमा प्रमुख अतिथि वेल्फ्यार कमिसनर सुमिता मुखर्जीले नवनिर्मित लेबर वेलफ्यार बोर्डको कार्यलयको पनि उद्घाटन गर्दै यो कार्यलयको नाम मैत्री देवीको स्मृतिमा राखिएको बताउँदै आज देखि सम्पूर्ण मङपूवासीले रवीन्द्र आदर्श श्रमिक कल्याण केन्द्र (रवीन्द्र भवन) प्रयोग गर्नुसक्ने कुरा बताए। कार्यक्रममा उपस्थित दिनु हुने सबैलाई आदर्श श्रमिक कल्याण केन्द्रको पक्षमा बुद्धकुमार मोक्तानले आभार व्यक्त गरेका छन्।