दुईजना स्वतन्त्र सदस्यहरू भागोप्रमोमा सामेल भएपछि घैयाबारी ग्राम पञ्चायत दुई पनि भागोप्रमोको कब्जामा

IMG-20230808-WA0355.jpg

भगवती प्रधान पञ्चायत प्रधान र रञ्जित थापा उप प्रधान हुने

खरसाङ: दुईजना स्वतन्त्र प्रार्थीहरू भागोप्रमोमा सामेल भएपछि खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेमा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गर्ने निश्चित भएको छ। घैयाबारी ग्राम पञ्चायतमा जम्मा 9 वटा पञ्चायत सिट थियो जसमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ३ वटा सिट, भारतीय जनता पार्टीले ४ र दुईजना स्वतन्त्र प्रार्थीहरूले पञ्चायत चुनाव जितेका थिए। दुईजना स्वतन्त्र प्रार्थीहरू क्रमैले रञ्जित थापा र दावा दोर्जेले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समर्थन गरेपछि भागोप्रमोको पञ्चायत सदस्य 5 पुगेको छ भने अब घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेमा पनि भागोप्रमोले बोर्ड गठन गर्ने भएको छ। तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीको अगुवाईमा अाज दुईजना स्वतन्त्र प्रार्थीहरू क्रमैले दावा दोर्जे र रञ्जित थापाले भिन्टेल भिलेजमा गएर पार्टी अध्यक्ष अनित थापाको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गरेका छन्। यसावधि भागोप्रमोको पाँचजना पञ्चायत सदस्यहरू क्रमैले भगवती प्रधान, पुष्पकुमारी प्रधान, दिपेन्द्र तामाङ, दावा दोर्जे लामा र रञ्जित थापा उपस्थित थिए। यसावधि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेको लागि पञ्चायत प्रधानको रूपमा भगवती प्रधान र उप प्रधानको रूपमा रञ्जित थापाको नामको घोषणा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement