खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायत क्षेत्रमा रहेको भीएसटी अनि भीसीटीका सदस्याहरुको अगवाईमा महानदी क्षेत्रमा सर सफाई विषयमा जनचेतना जगाउँदै रैलीको आयोजना गरिएको छ। रैलीससितै सर सफाई पनि गरिएको छ।

महानदी ग्राम पञ्चायतको साप्ताहिक सर सफाई कार्यक्रम अनुसार मरेलिया र डेंगु संक्रमणबाट बाँच्नलाई सर सफाई गरिएको जानकारी प्राप्त भएको छ। यस सर सफाई कार्यको मुख्य उद्देश्य मलेरिया अनि डेंगुको प्रकोपबाट क्षेत्रलाईमुक्त राख्नु साथै सफा वातावरणको सृजना हेतु सफाइ गरिएको बताइएको छ। यस अवसरमा महानदी ग्राम पञ्चायतको भीएसटी अनि भीसीटीका सदस्याहरु महानदीक ग्राम पञ्चायत कार्यालय परिसरदेखि तिरसठ पाखा र बजारसम्म सचेतना रैली गरेका छन्।

त्यसरी नै महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने सबै संसदहरूमा रहेका सरकारी कार्यहरू, स्वास्थ्य केन्द्र, रेलवे स्टेशन, धार्मिक स्थलहरू सर सफाई गरिएको छ। उक्त सर सफाई गत १ अगस्तदेखि ८ अगस्तसम्मको समयमा गरिएको जानकारी महानदी ग्राम पञ्चायतको भीसीटी लक्की प्रधानले दिएकी छन्।