सेमिफाइनलमा पुग्न सफल युनाइटेड चमकडांगी

IMG-20230808-WA0344.jpg

८ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड चमकडांगीले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा मंगलवार भएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा युनाइटेड चमकडांगीले युनाइटेड खोलाचन्द फाप्रीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अरुण छेत्रीले १३औं मिनटमा पेनल्टीबाट गोलको खाता खोले। त्यसपछि प्रशान्त म्याकडोनाल्डले ५०औं मिनटमा गोल गरी युनाइटेड खोलाचन्द फाप्रीलाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा साइमन राईले ५९औं मिनटमा गोल गरी युनाइटेड चमकडांगीलाई जीत दिलाए । विजेता टीमका साइमन राईलाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। अब १० अगस्तमा खेलिने पहिलो सेमिफाइनलमा सिलगढ़ी युनाइटेड र मजुआ एफसी-बीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल १२ अगस्तमा कञ्चनजंघा एफसी र युनाइटेड चमकडांगीबीच खेलिनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement