८ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच रहेको थियो। पाक्योंग सेण्ट जेभियर्स स्कूल मैदानमा आज भएको पहिलो म्याचमा पाक्योंग जिल्ला पुलिसले नेपालको बीरगञ्ज युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका निशान लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो, जसले १ गोल गरे। यसरी दोस्रो म्याचमा एमएमएफसी निरपानीको टीम नआउँदा असल इलेभेन, रंगलीले वक्ओभर पाएर अघिल्लो राउण्डमा स्थान बनायो। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गरेको छ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।