मङ्पु: रङ्ली रङ्लियट पञ्चायत समिति अन्तर्गत रेसप ग्राम पञ्चायतमा प्रधान पदको निम्ति बाधा सृजना भएको छ। ९ सदस्यीय ग्राम पञ्चायतमा बीजेपीको ६ सिट अनि भागोप्रमोको ३ सिट रहेको छ। यस पञ्चायतमा रोस्टर अनुसार प्रधान एसटी हुनुपर्नेछ। तर बहुमत पाएको बीजेपी बिजेताहरुमा एक सदस्य पनि एसटा छैनन्। रोस्टरको आधारमा यदि कोही पनि प्रधान बनिन्छ भने भागोप्रमोका तीन विजेताहरू माझबाट नै बनाईनु पर्छ। भागोप्रमोका तीनै विजेताहरू रञ्जित मोक्तान, मन्त्रणा तामाङ अनि पुष्कर तामाङ एसटी रहेका छन्।

आज भागोप्रमोका शीर्ष नेतृत्वहरुको बैठक बसेको थियो। ग्राम पञ्चायतमा प्रधान एसटी नै हुनुपर्ने भएकोले अनि बहुमत पाउने दलमा एसटी उम्मेदवार नभएको कारण भागोप्रमोले ग्राम पञ्चायतको प्रधानको उम्मेदवारको रुपमा पुष्कर सिंगर तामाङको नाम घोषणा गर्ने निर्णय लिएको छ। पुष्कर सिंगर तामाङ रेसप ग्राम पञ्चायतको प्रधान हुनेछन्।