गान्तोकः राजधानीस्थित जनता भवनमा आज भारतीय गोर्खा परिसंघ (भागोप) सिक्किम शाखाको कार्यकारिणी चुनाउ तथा साङ्गठनिक सभा सम्पन्न भयो। चुनावी प्रक्रिया अन्तर्गत नामङ्कन पत्र क्रमैले अध्यक्ष, महासचिव, कोषाध्यक्ष पदमा क्रमशः चुनिलाल घिमिरे, अमीता जी. थापा तथा चन्द्रा राईले भरेका थिए। उल्लेखित पदहरूमा अन्य कसैले पनि नामाङ्कन नभरेका कारण स्वतः तीनैजना निर्विरोध निर्वाचित भएका हुन्। निर्विरोध तीन सदस्यीय समितिले भारतीय गोर्खा परिसंघको नियममुताबिक अन्य पदहरूमा मनोनयन गर्ने कार्य गरेको प्रेस विज्ञप्तिमा बताइएको छ।
भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाको पक्षबाट मनोनयन गरिएका पदहरूमा क्रमैले वरिष्ठ उपाध्यक्ष पूर्ण योञ्जन, उपाध्यक्षगणमा विक्रम गौतम, अमर बानिया लोहोरो, जीवन कटुवाल, विमल काफ्ले, डीबी छेत्री, रेणुका चक्रवर्ती, सह-कोषाध्यक्ष प्रदीप रसाइली, सचिव साहित्य अर्जुन पीयूष, प्रचार सचिव भीम प्रधान, संस्कृति सचिव तिमोथी राई, प्रशासनिक सचिव ललित लोहार एवं जिल्ला सचिवगण दुर्गा राणा (दक्षिण), कुबेर विष्ट (पश्चिम) तथा उमा पाण्डे (पूर्व) रहेका छन्। यसभन्दा पहिले भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाको तदर्थ समितिलाई निर्वाचनमार्फत् सक्रिय बनाइएको छ।
यसरी नै भागोप, सिक्किम शाखाको शीर्ष संरक्षकगणमा पीके प्रधान, पद्मश्री सानु लामा, डुपछिरिङ लेप्चा, एसआर सुब्बा, पद्मश्री द्रौपदी घिमिरे, डीआर नेपाल एवं प्रमुख सल्लाहकारको रूपमा सीपी गिरी (आईपीएस) रहेका छन्। अध्यक्ष चुनिलाल घिमिरे, महासचिव अमीता जी. थापा तथा कोषाध्यक्ष चन्द्रा राईलाई पहिलो सत्रको कार्यक्रमअन्तर्गत परिसंघका प्रमुख सल्लाहकार सीपी गिरीको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा प्रमाण पत्र हस्तान्तरण गरियो।
अध्यक्षको पदभार ग्रहण गरेपछि घिमिरेले आफ्नो सम्बोधनमा भारतीय स्तरमै भारतीय गोर्खा परिसंघको सिक्किम शाखालाई दहि््रलो बनाउने बाचा-बन्धनका साथ यथाशीघ्र सिक्किमको राजधानी गान्तोकमा भारतीय गोर्खा परिसंघ केन्द्रिय समितिसह भारतका विभिन्न प्रान्तमा रहेका परिसंघकै शाखाहरूका प्रतिनिधिहरूलाई भेला गरी एक विराट अधिवेशन गरिने सङ्कल्प घिमिरेले राखेका छन्।
यसरी नै पहिलो सत्रका अध्यक्ष सीपी गिरीले आफ्नो सम्बोधनमा भागोपको केन्द्रिय समितिमा आफू रहँदाताका बटुलेका अनुभवहरूलाई साझा गर्दै भागोप, सिक्किम शाखालाई कतिपय सल्लाह-सुझाउहरू दिने कार्य गरे। सिक्किम अकादमीका अध्यक्ष एसआर सुब्बाको अध्यक्षतामा सम्पन्न भएको दोस्रो सत्रमा भागोप, सिक्किम शाखाका विभिन्न पदहरूमा मनोनयन भएका सदस्यहरूले चर्चामा सहभागिता जनाउँदै सिक्किम शाखालाई कसरी दहि््रलो र पोटिलो बनाउने, आगामी २५ अगस्तको दिन दार्जीलिङमा सम्पन्न हुने बलिदान दिवसमा सिक्किम शाखाको पक्षबाट जोरदार रूपमा सहभागिता जनाउँदै अन्य कतिपय महत्वपूर्ण विषयहरूमाथि पनि चर्को बहस गरिएको बताइएको छ।
-हिस