सिक्किम पर्यावरणलाई संरक्षित गर्ने उदाहरणीय राज्यः राज्यपाल

governor._392

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले टेण्डोङ ल्हो रूम फात पर्वको थीम ‘नेट जिरो इमिशन’ को प्रशंसा गर्दै यसले सिक्किम पर्यावरणप्रति कति जागरूक छ भन्ने दर्साउॅंछ भनी बताएका छन्। राज्यपाल आज राजधानीको मनन केन्द्रमा आयोजित टेण्डोङ ल्हो रूम फात पर्वको समापन समारोहलाई सम्बोधित गर्दै थिए। मुख्य अतिथिको रूपमा उपस्थित राज्यपालले आज सारा विश्वमा पर्यावरणलाई संरक्षित गर्नुपर्ने, प्रदूषण रोकथामको निम्ति कार्बन उत्सर्जन कम गर्नुपर्ने र ‘नेट जिरो इमिशन’ को चर्चा चलिरहेको छ भनी बताए। उनले भने, सिक्किम पर्यावरणलाई संरक्षित गर्ने उदाहरणीय राज्य हो। उनले सिक्किम प्रकृतिले समृद्ध राज्य रहेको भए तापनि सरकारले पर्यावरणको संरक्षणलाई ध्यानमा राख्दै ‘मेरो रुक्ष मेरो सन्तति’ जस्ता पहल शुरू गरेकोमा सराहना गरे।

उनले प्रकृतिसॅंग जोडिएका आस्थाहरूलाई अमूल्य सम्पदा बताउॅंदै यसलाई संरक्षित राख्नुपर्ने आह्वान गरे। उनले टेण्डोङ ल्हो रूम फात पर्वको बारेमा बोल्दै भने, शताब्दीयौं पहिले सिक्किममा आएको विनाशकारी जल प्रलयका कारण ४० दिन अनि रातसम्म विनाश मचेको थियो। यस कारण मानिसहरूमा भयको माहोल थियो। मानिसहरू आफ्नो ज्यान बचाउन असमर्थ महसूस गरिरहेका थिए र मद्दतको निम्ति गुहार लगाइरहेका थिए।

मानिसहरूको पुकार सुनेर प्राकृतिक स्रोतका संरक्षक देउता टेण्डोङ पर्वतले सबै लेप्चा समुदायका मानिसहरूको रक्षा गरे अनि जीवन बचाए। त्यस समयदेखि टेण्डोङ पर्वतको सम्मानमा लेप्चा समुदायका मानिसहरूले संरक्षक देउताको रूपमा टेण्डोङ पर्वतको पूजा अचर्ना गर्दै आइरहेको राज्यपालले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement