जलपाइगढी: मैनागढी ब्लकको टेकाटुलीको बाशिलाडंगा क्षेत्रका दुई युवा छोटन सरकार र स्वपन कुमार ऋषि सोमबार डियर लटरी जितेर रातारात करोडपति बने। सोमबार ती दुबै साथीहरूले साझेदारीको रूपमा डियर लटरीको नम्बर काटेका थिए। राती ८ बजे चिठ्ठाको नतिजा आयो, एक करोडको चिठ्ठा नम्बर देखेर ती दुई युवाका परिवारका सदस्य निकै खुसी भए। छोटन सरकार आफै चिठ्ठा बिक्रेता रहेको बुझिएको छ। स्वपनकुमार ऋषि बैंक कर्मचारी हुन्। उनका अनुसार यो आर्थिक लाभले उनको परिवारमा समृद्धि ल्याउनेछ।