हात्तीहरूको हमलामा घर क्षतिग्रस्त

IMG-20230528-WA0320-5-300x172-4

अलिपुरद्वारः हात्तीहरूको हमलाले एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटना मंगलवार बिहानै जलदापाड़ा नेशनल पार्क नजिक दक्षिण मदारीहाट क्षेत्रको हो। घटनामा घरका सदस्यहरू भाग्यले बाँचे। जानकारी अनुसार जलदापाड़ा जंगलबाट जंगली हात्तीहरू निस्केर खानाको खोजमा दक्षिण मदारीहाट क्षेत्रमा पसे। यसपछि क्षेत्रका निवासी रतनी ओरवाको घरमाथि हात्तीहरूले हमला गरे। यस अवधि रतनी र उनकी छोरी प्रेमिला सुतिरहेका थिए। आवाज सुनेर रतनी र उनकी छोरी ज्यान बचाएर घरबाट भागे। जसपछि हात्तीहरूले घरलाई भत्काएर घरमा राखिएको चामल-आटा खाए।

रतनी ओरावले भनिन्, हात्तीको हमलामा उनको परिवार त बाँच्यो तर उनको शयनकक्ष, भान्साघर र गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। उनले वन विभागसित क्षतिपूर्तिको माग गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement