सिलगढ़ीः गत वर्ष भारत सरकारले आजादीको अमृत महोत्सवको तत्वावधानमा ‘हर घऱ तिरंगा’ अभियानको शुरूआत गरेको थियो। जुन यस वर्षपनि शुरू गरिएको छ। गत वर्ष सिलगढ़ी प्रधान डाकघरबाट २० हजारभन्दा धेरै राष्ट्रिय झण्डा बिक्री गरिएको थियो। आजदेखि सिलगढ़ी प्रधान डाकघरमा राष्ट्रिय ध्वजको बिक्री शुरू भइसकेको छ। गत साल सरह ‘हर घऱ तिरंगा’ अभियानलाई सफल बनाउनका लागि सिलगढ़ी प्रधान डाकघर ग्राहकहरूसम्म राष्ट्रिय ध्वज अनलाइन पुऱ्याउनमा जुटेको छ।
ग्राहकहरूलाई सिलगढ़ी प्रधान डाकघरमा पुगेर केवल २५ रूपियाँमा राष्ट्रिय ध्वज किन्न सक्छन्। जसको निम्ति छुट्टै काउन्टर र सेल्फी जोन पनि बनाइएको छ। अनलाइन किन्दा पनि राष्ट्रिय ध्वज २५ रूपियाँमा पाइनेछ। सिलगढ़ी प्रधान डाकघरको तर्फबाट भनियो, अहिलेसम्म १०० राष्ट्रिय ध्वज बिक्री भइसकेको छ। सिलगढ़ी सबडिवीजन अफिस (एसओ) ३५ र ९३ ब्लक अफिस (बीओ) मा राष्ट्रिय ध्वज उपलब्ध छ।