आफ्नो राजनीतिक फायदाको निम्ति जाति टुक्र्याउनु हुँदैनः मुख्यमन्त्री तामाङ
गान्तोक: गत ६ अगस्तदेखि पालन गरिएको तीन दिवसीय टण्डोङ ल्हो-रूम फात पर्वको आज समापन भयो। राजधानीस्थित मनन केन्द्रमा आयोजित कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य रहेका थिए भने विशिष्ट अतिथिमा मुख्यमन्त्री प्रेम सिंह तामाङ र उनकी धर्मपत्नी कृष्ण राई रहेका थिए। आजको यस कार्यक्रममा मुख्यमन्त्रीले राज्यको विभिन्न जाति, धर्मको संरक्षण हेतु गरेका पहलहरूलाई ध्यानमा राख्दै टेण्डोङ ल्हो- रूम फात पुरस्कारले सम्मान जनाइयो।
आफ्नो सम्बोधनको क्रममा राज्यपाल आचार्यले सिक्किम राज्यको प्रकृतिक सौन्दर्य, परम्परा अनि संस्कार संस्कृतिको प्रशंसा गरे। देश अनि विदेशका विभिन्न व्यक्तित्वहरूले सिक्किमलाई स्वर्गको प्रतिक दिनेगरेको पनि उनले बताए। यहाँ विभिन्न जात, धर्मका व्यक्तिहरू पानी अनि दुध सरह मिलेर बसेको उनले उल्लेख गर्दै साँच्चै सिक्किम सामाजिक भाइचाराको निम्ति देशमानै उदाहरण रहेको उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल आचार्यले सिक्किम राज्यको प्रकृतिक सौन्दर्य, परम्परा अनि संस्कार संस्कृतिको प्रशंसा गरे। देश अनि विदेशका विभिन्न व्यक्तित्वहरूले सिक्किमलाई स्वर्गको प्रतिक भन्ने गरेको आफ्नो सम्बोधनमा बताए। सिक्किम राज्यमा विभिन्न जात, धर्मका व्यक्तिहरू पानी अनि दुध सरह मिलेर बसेको उनले उल्लेख गर्दै साँच्चै सिक्किम सामाजिक भाइचाराको निम्ति देशमानै उदाहरण रहेको मन्तव्य प्रकट गरे।
यसै क्रममा मुख्यमन्त्री तामाङले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सर्वप्रथम लेप्चा जातिको महान पर्व टेण्डोङ ल्हो- रूम फातको सिक्किमबासीलाई हार्दिक बधाई साथै शुभकामना दिए।
लेप्चा जातिको संस्कार र संस्कृतिको संरक्षण हेतु यो कार्यक्रमलाई सफल बनाउन दिन रात एक गरेर खटनेहरूलाई धन्यवाद दिए। राज्यमा पहिलोपल्ट तीन दिवसीय कार्यक्रम गरेर एमजी मार्गमा योङथुम एवं खुल्ला बजारको व्यवस्थापन मिलाएर राज्यभरिबाट उद्यमीहरूलाई आफ्नो उत्पादन बिक्री गर्ने अवसर प्रदान गरेकोमा उनले आयोजक समितिप्रति आभार प्रकट गरे। यस प्रकारको कार्यक्रमले उनीहरूलाई प्रोत्साहन मिल्ने पनि उनले थप जानकारी गराए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएदेखि राज्यमा कुनै पनि जात अनि धर्मवलम्बीमाथि अन्याय नभएको पनि उनले किटान गरे। अहिले कुनै पनि जातले आफ्नो जातको संगठनलाई नेतृत्व दिनको निम्ति नेता छनौट गर्दा मिन्तोगाङबाट अनुमति लिननपर्ने माहौल यस सरकारले सृजना गरेको जनाए। जसले आफ्नो जातिलाई राम्रोसँग नेतृत्व दिनसक्छन उसैलाई अघि ल्याउन सरकारले खुल्ला वातावरण सृजना गरेको बताए। राज्यमा यसरी विभिन्न विषयमा परिवर्तन भइरहेको भएता पनि कतिपयले परिवर्तनलाई महसुस गरिरहेका छन्, तर केवल एक दुई नकारात्मक सोंच भएका व्यक्तिहरूले भने झुट्टो बोल्दै आम मानिसहरूलाई दीघभ्रमित तुल्याउने गरिरहेको उनको भनाइ थियो।
पूर्व सरकारले जस्तो राज्यमा नङ र मासु सरह मिलेर बसेका विभिन्न जातिहरूलाई आफ्नो राजनीतिक फाइदाको निम्ति टुक्राएको मुख्यमन्त्रीले कटाक्ष गरे। तर आफू खाँटी सिक्किमे रहेको हुँदा चाहे आफू सत्तामा पुगोस् नपुगोस् तर आफ्नो राजनीतिक फाइदाको निम्ति सिक्किमलाई कहिल्यै नटुक्राउने उनले प्रतिबद्धता व्यक्त गरे।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकरले अन्य जातगोष्ठिलाई सरह लेप्चा जातिको निम्ति पनि धेरै कार्य गरिरहेको जानकारी गराए। लेप्चा जातिको पवित्र धरोहर स्वर्ग जाने सिँढी जो पूर्व सरकारले केवल चुनाउको निम्ति मात्र अघि उठाउने गरेको बताए। तर उक्त परियोजनालाई पूरा गर्न वर्तमान सरकारले कारले ३४ करोड़ रुपियाँ धनराशी छुट्याएको र हाल निर्माण कार्य युद्धस्तरमा चलिरहेको दावी गरे। यस परियोजना तयार गर्दा यसको उँचाई केवल एकसय फिट निर्धारित गरिएको थियो भने अहिले यसलाई अझ सुन्दर र आकर्षण बनाउनको निम्ति १५० फिट बनाएको पनि उनले थप बताए। यसरी नै जङ्गुमा लेप्चा प्रिमेटिभ स्टडी सेन्टरको निर्माण कार्य पनि वर्तमान सरकारले गरिरहेको उनले बताए। अब चाँढ़ै राजधानीमा सरकारले लेप्चा जातिको पारम्परिक भवनको पनि निर्माण गर्ने मुख्यमन्त्री तामाङले घोषणा गरे। यसरी नै लेप्चा बुङथिङरूलाई एक्सपोजर टुरको निम्ति पठाउने पनि उनले आजको कार्यक्रममा घोषणा गरे।
आजको कार्यक्रममा आयोजक समितिका अध्यक्ष मन्त्री साम्दुप लेप्चाले स्वागत भाषण राखेका थिए भने सिक्किम लेप्चा एसोसिएशनका अध्यक्ष सीएन लेप्चाले सिक्किममा लेप्चा जातिको वर्तमान अवस्थानबारे रिपोर्ट प्रस्तुत गरे।