सप्ताहव्यापी विश्व स्तनपान दिवस कार्यक्रमको समापन

bw_215

सोरेङः सप्ताहव्यापी विश्व स्तनपान दिवसको आज समापन भयो। सोरेङ जिल्लाको टिम्बुरबुङस्थित सामुदायिक भवनमा आयोजित समापन कार्यक्रममा मुख्य अतिथिकोरूपमा जिल्ला पञ्चायत अजय सुब्बा उपस्थित थिए। यसैगरी, कार्यक्रममा विभिन्न विभागका अधिकारीहरू, आँगनवाडीका सुपर भाइजर, किशोरी र गर्भवती महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपनिर्देशक सबरिन रेहमानले विश्व स्तनपान दिवस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य र लक्ष्यबारे प्रकाश पारिन्। उक्त अवसरमा गर्भवती महिला र किशोरीहरूलाई लिएर हाजिरी जवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement