कन्याश्री प्रकल्प अन्तर्गत रेणुका कन्या विद्यालय तीनधारेमा प्रदर्शनी कार्यक्रम सम्पन्न

IMG-20230808-WA0293.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा रेणुका अन्य उच्च विद्यालयमा कन्याश्री प्रकल्प अनुसार दुई दिवसीय प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। ७ र ८ अगस्तको दिन सम्पन्न उक्त प्रदर्शनी विशेष गरेर स्वास्थ्य, पोषण, वातावरण साथै विज्ञापन र फोहोर मैला विषयमा विद्यालयका विद्यार्थीहरूद्वारा प्रदर्शन गरिएको थियो। उक्त प्रदर्शनीमा विद्यालयको पाँचौंदेखि दशौं श्रेणीसम्मका विद्यार्थीहरूले भाग लिएका थिए।

उक्त प्रदर्शनीको पहिलो दिन सोमबार तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री र विद्यालयकी प्रभारी शिक्षिका स्वपना जिम्बा उपस्थित भएर उदघाटन गरिएको थियो। पहिलो दिनको कार्यक्रममा वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको पदाधिकारीहरू, साहित्य कला संस्थान् तीनधारेको पदाधिकारीहरू पनि उपस्थित रहेका थिए। दोस्रो दिन विभिन्न स्कूलका शिक्षक शिक्षिकाहरू र विद्यार्थीहरू साथै स्थानीय मानिसहरू र अभिभावकहरू पनि उपस्थित भएर विद्यार्थीहरूले प्रदर्शन गरेका विभिन्न प्रगर्शनी विषयमा परिदर्शन गरेका थिए।

नानीहरूले विशेष गरेर प्रदुर्षण, पानीको संरक्षण, वन्य जीव जन्तुको संरक्षण, पानी संरक्षण र संकलन, सौर्य ऊर्जा, फोहोर मैला प्रबन्धन र प्रयोग, खाद्यन्नहरू, विज्ञान, फल फूलहरू लगायत नारी सशक्तिकरण र यसको महत्व साथै विभिन्न विषयहरूमा नानीहरूले प्रदर्शनी गरेका थिए। आउने अतिथिहरूलाई विद्यार्थीहरूले नेपाली र अंग्रेजी दुवै भाषाहरूमा सम्झाउने कार्य पनि गरेका थिए।

यस दुई दिवसीय प्रदर्शनी विषयमा पत्रकारहरूसित कुराकानी गर्दै मिठाईडाँड़ा रेणुका कन्या उच्च विद्यालयकी शिक्षिका अनुपमा दियालीले विस्तृत रूपमा जानकारी गराएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement