भागोप्रमोद्वारा शिवखोला ग्राम पञ्चायतको प्रधानमा मोहनकुमार प्रधान र उप प्रधानमा अम्बिका देवान

IMG-20230808-WA0296.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत शिवखोला ग्राम पञ्चायतमा बोर्ड गठनको लागि आज भारतीय गोर्खा प्रजातान्त्रितक मोर्चा तीनधारे महानदी समष्टीको सभा सम्पन्न भएको छ। उक्त सभा घैयाबारीस्थित पार्टीको समष्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, समष्टी सभापति राजीव थापा लगायत समष्टीका अन्य पदाधिकारीहरू र विभिन्न भातृ संगठनहरू नारी शक्ति, युवा शक्ति र ट्रेड लगायत शिवखोला ग्राम पञ्चायतमा विर्वाचित बनेका पञ्चायत सदस्य-सदस्याहरू र पञ्चायत समितिको सदस्या पनि उपस्थित रहेका थिए। यसै सभामा शिवखोला ग्राम पञ्चायतमा बोर्ड गठनको लागि औपचारिक रूपमा पञ्चायत प्रधान र उप प्रधानको नामको घोषणा गरिएको छ। सभामा सर्वसहमतिद्वारा औपचारिक रूपमा शिवखोला ग्राम पञ्चायतको प्रधानको रूपमा मोहनकुमार प्रधानको नामको घोषणा गरिएको छ भने उप प्रधानको अम्बिका देवानको नाम घोषणा गरिएको छ। छजना पञ्चायत सिट रहेको शिवखोला ग्राम पञ्चयतमा भागोप्रमोले दुईवटा सिट र स्वतन्त्र प्रार्थीहरू चारजनाले चुनाव जितेका थिए भने दुईजना स्वतन्त्र प्रार्थीहरूले पछिबाट भागोप्रमोलाई नै समर्थन जनाएका थिए। त्यसपछि भागोप्रमोको चारजना भएपछि अब भोलि ९ अगस्तको दिन नै शिवखोला ग्राम पञ्चायतमा औपचारिक रूपमा बोर्ड गठन गरिने भएको छ। यय बोर्ड गठनको लागि नै भागोप्रमोले आज एक सभा बसेर पञ्चायत प्रधान अनि उप प्रधानको नामको घोषणा गरिएको छ। उक्त सभामा शिवखोला ग्राम पञ्चायतको चारजना निर्वाचित पञ्चायत सदस्यहरू क्रमैले मोहनकुमार प्रधान, अम्बिका देवान, सिर्जना छेत्री र मणिका लामा तामाङ साथै एकजना पञ्चायत समितिको सदस्या अनिरा तामाङ उपस्थित रहेका थिए। यस सभा विषयमा पत्रकाकहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद नवराज छेत्रीले शिवखोला ग्राम पञ्चायतमा मोहनकुमार प्रधान पञ्चायत प्रधान र अम्बिका मिश्र उप प्रधान हुने बताउँदै शिवखोला ग्राम पञ्चायतमा बोर्ड गठन ९ अगस्तको दिन हुने भताएका छन्। त्यसरी नै हुनेवाला पञ्चायत प्रधान मोहनकुमार प्रधानले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement