गज़ल

00-1-Gazal-1

जति उमेर ढल्दै जान्छ उति जिन्दगीको माया लाग्दो रै’छ

अनेक रोग व्याधी बोकेर पनि जिजीविषा भने जाग्दो रै

अचम्भकै सृजना रैछ यो क्षणिक मानव जीवन पनि हगि

खाने नखाने, हुने नहुने सबै स्वाद जिन्दगीले चाख्दो रै

विचित्र प्राणी हो मान्छेको जात लिएर जन्मे पनि ए हजूर

राम्रो कुरा मात्रै देखाउने तर नराम्रो जति सब ढाक्दो रै

स्वार्थ कति  प्यारो लागेको कलियुगकायी मान्छेहरूलाई

जो हेऱ्यो उही फगत निजी स्वार्थ मात्रै यहाँ ताक्दो रै

प्राकृतिक भोजन अपाच्य भो नयाँ युगका मान्छेहरूलाई

त्यसैले होला अलिकति परिश्रमले भुतुक्कै थाक्दो रै

फेक आईडीको जमाना छ, सबै कुरा नै यहाँ फेक देखिन्छ

जब सत्यले घाँटी निमोठ्छ तब फेक मान्छे भाग्दो रैछll  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement