बंगालमा जिल्लाहरूको संख्या बढ़ाउने अभियान

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले एक पल्ट फेरि पश्चिम बंगालमा जिल्लाहरूको संख्या बढ़ाइने संकेत दिएकी छन्। एक दिनअघि राज्य सचिवालयमा मन्त्रीमण्डलको बैठक भएको छ। यस अवधि के-कस्तो चर्चा भयो, यसबारे खुलासा त भएन तर सूत्रहरूले बताएको छ, मुख्यमन्त्री ममता ब्यानर्जीको अध्यक्षता भएको यस बैठकमा एक पल्ट फेरि जिल्लाहरूको संख्या बढ़ाइने संकेत पाइएको छ।

मन्त्रीमण्डलको बैठकअघि जुन सूची बनाइन्छ, त्यही मुद्दाहरूमा चर्चा भएको छ तर बैठकबीच मुख्यमन्त्रीले स्वयं थप जिल्ला बनाइने कुरा गरेकी थिइन्। त्यसमा उत्तर २४ परगना, मालदा, मुर्शिदाबाद, नादिया, पश्चिम बर्दवान र हुगलीलाई तोड़ेर नयाँ जिल्ला बनाउनबारे कुरा भएको छ। यस बाहेक दक्षिण २४ परगनादेखि सुन्दरबनलाई पनि अलग गर्नमाथि चर्चा भएको छ। अहिले प्रशासनिक दृष्टिले पश्चिम बंगालमा जिल्लाहरूको संख्या २३ छ। उदाहरणको निम्ति नदिया एउटै जिल्ला हो तर त्यहाँ राणाघाटलाई अलग प्रशासनिक जिल्ला बनाइएको छ। मुख्यमन्त्रीले क्षेत्रबाट अन्य धेरै जिल्लाहरूमा प्रशासनिक भाग गरी अलग नाम दिने तयारी गरिरहेकी छन्। यसबाट पुलिस प्रशासनको संचालनमा अधिक मद्दत मिल्नेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement