अब विद्यालयमा पनि लागु हुने सेमेस्टर?

Student-1

कोलकाता: राज्यको शिक्षा प्रणालीमा आमूल परिवर्तन आउँदैछ। आगामी दिनमा कक्षा ११ र १२ का विद्यार्थीका लागि सेमेस्टर प्रणाली लागू गरिनेछ। सोमबारको मन्त्री परिषदद्वारा प्रस्तावित राज्य शिक्षा नीतिको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो। सेमेस्टर प्रणाली लागू भएमा कक्षा ११ र १२ गरी जम्मा ४ वटा सेमेस्टर परीक्षा हुनसक्छ। राज्यको शिक्षा नीति तय गर्न गठित समितिले कक्षा ८ मा सेमेस्टर प्रणाली र त्यसपछिको संरचनात्मक मूल्याङ्कनको उन्नत प्रणाली आगामी ३ वर्षभित्र चरणबद्ध रूपमा लागू गर्न सकिने प्रस्ताव गरेको छ। विद्यालयबाट विश्वविद्यालयमा रुपान्तरणलाई सहज बनाउन संसदले कक्षा ११ र १२ उच्च माध्यमिक शिक्षामा सेमेस्टर प्रणाली लागु गर्नसक्नेछ। यसपछि उच्च माध्यमिक तहमा चरणबद्ध रूपमा परीक्षाको ढाँचा परिवर्तन गर्न सकिन्छ।

राज्यको शिक्षा नीतिको मस्यौदा पारित भएमा उच्च माध्यमिकको परीक्षा पद्धतिमा परिवर्तन ल्याउने गरी एमसीक्यू (बहु विकल्प प्रश्नहरू) र वर्णनात्मक प्रश्नहरूको संयोजन तयार गर्न सकिन्छ। यस बाहेक सम्बन्धित कक्षाका लागि एमसीक्युको उपयुक्त किताब ल्याई परीक्षाको तयारीका लागि विद्यार्थीलाई दिन सकिनेछ। शिक्षा विभागमा एफएलएन (फाउण्डेशनल लिटरेसी एण्ड न्युमरेसी) अभियानको निर्देशिका तयार गरी कार्यान्वयन गर्ने काम भइरहेको मस्यौदामा उल्लेख छ। यसअन्तर्गत कक्षा ३ सम्म बालबालिकालाई अर्थसहित पढ्न र गणितका आधारभूत समस्या समाधान गर्न सिकाइनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *