५ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आउँदो १२ जुलाईदेखि आयोजन गरिने पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टको क्रीड़ासूची (फिक्स्चर) जारी गरियो। स्थानीय मण्टिभियट खेल मैदानमा हुने यस टुर्नामेण्टमा १२ जुलाईको दिन खेलिने उद्घाटन म्याचमा आयुष सेभेन सुकना र माऱ्योन एफसी खरसाङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २३ र २४ जुलाईमा हुनेछ भने फाइनल २७ जुलाईमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँ अनि रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा संयोजक प्रतीक गुरुङले बताएका छन्।










