विधायक शंकर घोषको उपस्थितिमा सिलगढीको हास्मी चोकमा महिला मोर्चाको धर्ना जारी

390159a8-2533-4bd7-a0b7-3e078ee82499-1

सिलगढी: भारतीय जनता पार्टीको सिलगढी महिला मोर्चाले राज्यमा महिलाको सुरक्षामा ध्यान नदिएको आरोप लगाउँदै धर्नामा सामेल भएको छ। भारतीय जनता पार्टीको सिलगढी महिला मोर्चाले राज्यभर महिलामाथि अत्याचार भइरहेको छ, यस राज्यमा महिलाहरू सुरक्षित छैनन् भनी आरोप लगाउँदै दुई दिने धर्नामा सामेल भएको छ। सिलगढीको हाश्मी चोकमा भएको कार्यक्रम मंगलबार दोस्रो दिन थियो। पश्चिम बङ्गालमा एकपछि अर्को गर्दै महिला हिंसाका घटना भइरहेका महिला मोर्चाका नेताहरूको गुनासो छ। तर प्रदेश सरकारले कुनै पहल गरिरहेको छैन। यस विरोध कार्यक्रममा सिलगढी विधायक शंकर घोष उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement