एनवाईसी-को आयोजनमा इण्डिपेण्डेन्स डे फूटबल २४ जुलाईदेखि

IMG_20220705_141905.jpg

५ जुलाईः गत वर्ष झैं यस वर्ष पनि नेताजी युथ क्लब (एनवाईसी), सेभोकको तत्त्वावधानमा इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। आउँदो २४ जुलाईदेखि शुरु हुने यस टुर्नामेण्टको फाइनल १५ अगस्तको दिन खेलिनेछ। सेभोक प्राइमरी स्कूल मैदानमा हुने यस इलेभेन ए साइड टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क ३००० रुपियाँ राखिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार अनि रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा आकर्षक व्यक्तिगत पुरस्कार पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement