कोलकाता: राज्यका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य अस्पतालबाट डिस्चार्ज हुन सक्नेछन्। पूर्व मुख्यमन्त्रीलाई अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने विषयमा सोमबार मेडिकल बोर्डको बैठक बसेको थियो। बैठकले सबै ठीकठाक रहेमा पूर्व मुख्यमन्त्रीलाई भोलि अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेको छ। गत जुलाई २९ बुद्धदेव भट्टाचार्यलाई श्वासप्रश्वासमा समस्या भएपछि वुडल्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो। सोमबार अस्पतालले पूर्व मुख्यमन्त्री अब पूर्ण रुपमा संक्रमणमुक्त भएको जनाएको छ। उनको रगत परीक्षण आज अर्थात मंगलबार हुनेछ। उनको अवस्था हेरेर भोलि डिस्चार्ज हुने सम्भावना छ।