सिलगढी: नक्सलबारीमा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। घटना नक्सलबारीको शान्तिनगर क्षेत्रमा भएको हो। पक्राउ पर्नेको नाम नरेन रोय (५५) हो । पक्राउ परेका व्यक्ति सोही क्षेत्रका बासिन्दा हुन्।
नाबालिगका परिवारका अनुसार युवकले विभिन्न प्रलोभन देखाएर नाबालिगलाई पटकपटक बलात्कार गरेको थियो। भर्खरै आफन्तले नक्सलबारी पुलिस थानामा लिखित उजुरी दिएका थिए। उजुरीका आधारमा नक्सलबारी थानाको पुलिसले आरोपी नरेन रायलाई पक्राउ गरेको थियो। आरोपीलाई मंगलबार सिलगढी डिभिजनल अदालतमा ल्याइएको थियो। साथै, नाबालिग पीडितलाई अहिले जुभेनाइल होममा राखिएको बताइएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।