अनुब्रता समितिको पहलमा स्वतन्त्रता दिवसको अवसरमा फोटो प्रदर्शनी हुने

1e440db5-e79b-4af1-a98f-52322d87ed08

सिलगढी: अनुब्रता समिति सिलगढीले स्वतन्त्रता दिवसको अवसरमा फोटो प्रदर्शनी आयोजना गर्न लागेको छ। मंगलबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा संघका सदस्यहरूले प्रदर्शनीको बारेमा जानकारी दिए। अगस्ट १५, स्वतन्त्रता दिवसका दिन तेरापन्थ भवनमा तस्विर प्रदर्शनी हुने भएको छ। सहभागीहरूले अगस्ट ११ र १३ बीचमा आफ्नो चित्रहरू बुझाउनु पर्छ। प्रदर्शनीमा वातावरण, लागुऔषध उन्मूलन, साम्प्रदायिक सद्भाव र राष्ट्रिय एकता र अहिंसा रहेका छन्। प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिने संघका सदस्यहरुले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement