अलिपुरद्वार: मूल सडकको छेउमा नै फेरि एउटा चितुवा देखा परेको छ। आफ्नै केही व्यक्तिगत काम लिएर बाहिर गएका फलकाटाका एकजना शिक्षकले घर फकने क्रममा राष्ट्रिय राजमार्ग १७ मा एउटा चितुवा देखे। दलगाउँ चिया बगान नजिक आउँदा उनले र उनका साथीहरूले चियाको झाडीमा एउटा वयस्क चितुवा बसिरहेको देखे।