सिलगढी: भारत–नेपाल सीमाको पानीटयाङ्कीको गोरसिङ जोटे क्षेत्रमा प्रतिबन्धित कप सिरपसहित १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरसिङ जोत बस्ने २६ वर्षीय उत्पल दास रहेका छन्। उनी रानीगञ्ज बिन्नागढी मण्डलका भाजपा उपाध्यक्ष दिलीप महन्तका भतिजा भएको बताइएको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा खोरीबारी पुलिस थानाले सोमबार राति पक्राउ परेकाको गोदाममा छापा मारेको थियो। त्यसपछि गोदामबाट ४१ कप सिरप र करिब १ लाख २० हजार भारतीय रुपियाँसहित ४ हजार ३ सय नेपाली रुपियाँ बरामद भएको थियो। लगत्तै अभियुक्तलाई पक्राउ गरी खोरीबारी पुलिस थानामा लगिएको थियो। अभियुक्त उप्पल दास यसअघि पनि लागुऔषध कारोबारको आरोपमा पटक पटक पक्राउ परेका थिए। खोरीबारी पुलिस थानाले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ। अभियुक्त उत्पल रानीगञ्ज बिन्नागढी मण्डलका भाजपा उपाध्यक्ष दिलीप महन्तलाई भतिजा भनिएको छ। आरोपीलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरिनेछ।