सिलगढी: नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुको पुण्यतिथि हो। उनी बंगाली साहित्य र संगीतलाई नयाँ आयाम दिने बंगाली कवि, उपन्यासकार, संगीतकार, चित्रकार र नाटककार थिए र उनलाई विश्व कवि भनिन्छ। उनको मृत्यु २२ श्रावण १३४८ अर्थात अंग्रेजी मिति अनुसार ७ अगस्ट १९४१ हो। यस वर्ष कविगुरुको ८२औँ पुण्यतिथि मनाइँदैछ। कविगुरु रवीन्द्रनाथ ठाकुरको पुण्यतिथिमा भाजपा सिलगढी जिल्ला संगठनले रवीन्द्रनाथ ठाकुरको प्रतिमामा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेको छ। आज यस कार्यक्रममा सिलगढी विधायक शंकर घोष, सिलगढी भाजपा संगठन नव निर्वाचित जिला अध्यक्ष अरुण मण्डल, प्रदेश भाजपा महिला मोर्चा नेतृ फाल्गुनी पात्रा र सिलगढी भाजपा संगठनका सदस्यहरू उपस्थित थिए।